किसानलाई खुसिको खवर, कृषि क्षेत्रमा ७ अर्वले बढ्यो बजेट « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

किसानलाई खुसिको खवर, कृषि क्षेत्रमा ७ अर्वले बढ्यो बजेट



काठमाडौं । सरकारले नेपालमा उत्पादन बढाई आत्मनिर्भर मुलुक बन्न कृषि क्षेत्रको लागी ७ अर्व बढी बजेट छुट्याइएको छ ।

कोरोनाका कारण स्थानिय तहको अनुगमनामा बाँजो जमिन नरहनेगरी अनुदान दिने र जग्गा लिजमा लिएर उत्पादन गने किसानको लागी विषेस सहुलियत दिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । यो रकम चालु आर्थिक वर्षको भन्दा ७ अर्बले बढी हो ।

बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई अझ विस्तार गरी संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति सरकारले लिएको बताए ।
सरकारले अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आबको तुलनामा २ अर्ब रुपैयाँले बढी हो ।


प्रतिक्रिया दिनुहोस्