कोरोना भाइरसको प्रभाव :पर्यटन र हवाई क्षेत्रमा ३४ अर्बको क्षति « Arthapath.com
२० असार २०७७, शनिबार

कोरोना भाइरसको प्रभाव :पर्यटन र हवाई क्षेत्रमा ३४ अर्बको क्षति




काठमाण्डौ – कोरोना भाइरस नियन्त्रणका लागी चैत ११ गतेबाट भएको लकडाउनको कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएकोे छ ।


नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि श्क्रबारसम्म ३४ अर्ब क्षति भएको देखाएको हो ।

प्रतिमहिना १० अर्ब बराबरको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको छ ।


लबडाउन केही खुकुलो बनाएपनी पनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्न सक्ने अनुमाने छ ।

मन्त्रालयले हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ ।

विश्पब्यापी रुपमा फैलीरहेको कोरोना भाइरसले समस्यामा परेका विभिन्न १७ देशबाट १६ हजार ६ सय ७२ नेपालीलाई सरकारले स्वदेश फकाएको छ ।


भने नेपालमा अलपत्र परेका १२ हजार चार सय आठ जना विदेश प्रस्थान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्