सिभिल बैंकले तीन पाङ्ग्रे सवारी खरिद गर्न महिलालाई ७० प्रतिशतसम्म कर्जा दिने « Arthapath.com
२ चैत्र २०७६, आईतवार

सिभिल बैंकले तीन पाङ्ग्रे सवारी खरिद गर्न महिलालाई ७० प्रतिशतसम्म कर्जा दिने



काठमाडौं । सिभिल बैंक लिमिटेडले महिला ग्राहकहरुलाई तिन पांग्रे सवारी किन्न ७० प्रतिसतसम्म कर्जा उपलव्ध गराउने भएको छ । आज सिभिल बैंक र विवेक अटोमोवाईल्स् बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६% व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६.९८% मा सो कर्जा सुबिधा प्रदान गरिने छ ।

हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेका छ भने सिभिल बैंकको ११२ वटै शाखाहरु मार्पmत यो कर्जा सुबिधा प्रदान गरीने पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्