शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर पोखरामा शुरु « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर पोखरामा शुरु



प्रमुख शहरहरुमा सर्भिस सेन्टरद्वारा आफ्टर सेल्स सर्भिस नेटवर्क प्रभावशाली बनाउँदै

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पुर्याउँछन् ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यी नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्याउनेछ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । उपत्यकाभित्र वितरण र संकलनका लागि समर्पित टोली, लगातार क्वालिटी जाँच र देशभरका सबै प्रमुख बजारहरुमा समर्पित सर्भिस वेयरहाउस र कलेक्सन पोइन्टको पर्याप्त पहुँचयोग्यताले हामीलाई नेपालमा मी फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्