राष्ट्र बैंकको ४२ बुँदे निर्देशन « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

राष्ट्र बैंकको ४२ बुँदे निर्देशन



काठमाडौं । राष्ट्र बैंक जाने सेवाग्राहीले कार्यालयको प्रवेशद्वारमा नै व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ जारी गर्दै सो व्यवस्था लागु गरेको हो ।

मार्गदर्शनअनुसार अब कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण, हालको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कार्यालय प्रवेशद्वारमा रहेको रजिष्टरमा अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ ।

त्यसैगरी, बैंकले इन्फ्रारेड थर्ममिटरबाट कर्मचारी र सबै सेवाग्राहीको ताक्रम नाप्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै कर्मचारीहरुले आफुसँग भेट भएका सेवाग्राहीको नम्बर र मिति नोट गरी दैनिक भेटभाट डायरीमा राख्नु पर्नेछ भने कार्यालयबाट कार्य इलाका छोडर जानको लागि सम्बन्धीत इकाईबाट अनिवार्य पुर्वस्वीकृति प्राप्त हुनुपर्नेछ ।

प्रत्येक काउण्टर र ग्राहकहरुसँग सम्पर्क हुने अन्य स्थानमा रेखाङ्कन क्युर आरडको व्यवस्थापन गर्नु पर्नेछ । बैंकहरुले अब ग्राहकबाट प्राप्त नगदलाई शुरुमा शिलबन्दी बाक्सामा बुझिलिएर केही दिनपछि किटाणुरहित गरेरमात्र गणना गरी बुझ्ने व्यवस्था मिलाउनु पर्ने छ ।

राष्ट्र बैंकको ४२ बुँदे ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन,२०७७’ अनुसार बढीमा एक तिहाई कर्मचारीबाट न्यूनतम भौतिक दुरी कामय गरी सबै विभाग, कार्यायल महाशाखा, इकाईको कार्यलाई निरन्तरता दिनु पर्नेछ ।

बाँकी कर्मचारीलाई घरमा नै बसेर काम गर्ने वोर्क फ्रम होमलाई निरन्तरता दिँदै घरबाट काम गर्ने कर्मचारीलाई सम्बन्धी महाशाखा र इकाईले निर्देशन र कामको अनुगमन गर्नु पर्ने सो मार्गदर्शनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्