सरकारी खाता ५६ अर्बले घाटामा « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

सरकारी खाता ५६ अर्बले घाटामा



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित ९सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक० संघीय सरकारको कुल खर्च ६ खर्ब ३८ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन ९प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत० ५ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ६ खर्ब ४ अर्ब ६० करोड रहेको थियो ।

नौ महिनाको अवधिमा सरकारले ५५ अर्ब ४२ लाख आन्तरिक ऋण र ४५ अर्ब ७८ करोडबराबरको बाह्य ऋण परिचालन गरेको छ । २०७६ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ६२ अर्ब ३१ करोड ९स्थानीय तहको खातामा रहेको ६२ अर्ब ८६ करोडसमेत० नगद मौज्दात रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च ५६ अर्ब ५३ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति ९३ अर्ब ५६ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६० अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०७६ चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोडबराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकामा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकामा २०७६ चैत मसान्तमा ९९६ अर्ब ८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकामा २०७६ चैत मसान्तमा १ खर्ब ५९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । २०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३०.७ प्रतिशत, ७८.८ प्रतिशत र २९.६ प्रतिशत छ । २०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३० प्रतिशत, ६४.९ प्रतिशत र २९ प्रतिशत थिए । राजधानी दैनिक


प्रतिक्रिया दिनुहोस्