सनराइज बैंकको बुढानिलकण्ठ विद्याश्रमलाई सावा २ लाख सहयोग « Arthapath.com
७ असार २०७७, आईतवार

सनराइज बैंकको बुढानिलकण्ठ विद्याश्रमलाई सावा २ लाख सहयोग



काठमाडौं । सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई २ लाख २५ हजार सहयोग गरेको छ ।

देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएकाले आर्थिक सहयोगको गरिएको बैंकका सिईओ जनक शर्मा पौड्यालेले बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार नगदको चेक बैंकले हस्तान्तरण गरेको हो । साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्