कोरोना महामारीको कारण रोकीयो बैंकको शाखा बिस्तार योजना :७ बटा स्थानीय तहमा शाखा विस्तार हुन बाकी « Arthapath.com
११ असार २०७७, बिहीबार

कोरोना महामारीको कारण रोकीयो बैंकको शाखा बिस्तार योजना :७ बटा स्थानीय तहमा शाखा विस्तार हुन बाकी



काठमाडौं । नोभल कोरोना भाइरस कोभीड १९ को महामारीका कारण बैंकका शाखा नपुगेको स्थानमा बैंकको शाखा बिस्तर गर्ने क्रम रोकीएको छ ।


नेपाल राष्ट्र बैंकले बैंकको शाखा नपुगेको सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिएको थियो । तर विश्वभरीनै फैलीएको कोरोना महामारीको कारण बैंकले शाखा विस्तार गर्न सकेको छैन ।

चालु आर्थिक वर्षसम्म सबै स्थानीय तहमा शाखा विस्तार गर्ने लक्ष्य राखेपनी ७ बटा स्थानीय तहमा वाणिजय बैंकको शाखा विस्तार हुन बाकी रहेको छ ।


राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिना अघिनै कोरोना महामारी नियन्त्रणका लागी लकडाउन सुरु भएकाले सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने लक्ष्य पुरा हुन सकेन ।

कोरोना भाइरस महामारीको कारण अर्थतन्त्रमा नै असर परेकाले वाणिज्य बैंकको शाखा विस्तार गर्ने काम केही ढिला हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब प्रदेश १ को १३७ स्थानीय तहमध्ये ताप्लेजुङ्गको लुंका खोला गाँउपालिकामा बैंकको शाखा पुगेको छैन भने बागमती प्रदेशको ११९ वटा स्थानीय तहमध्ये धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिका र नेस्रावती गाउँपालिकामा बैंकका शाखा पुगेको छैन्न ।


त्यस्तै गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये मनाङ्गको नार्खु गाँउपालिकामा शाखा पुगेको छैन ।
कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये जाजरकोटको जुलीचाँदे गाँउपालिका र सुदुर पश्चिमको ८८ वटा स्थानीय तहमध्ये बझाङ्गको काँडा गाँउपालिका र बाझङ्गको थराला गाउँपालिका गरी जम्मा ७ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्