मुक्तिनाथ विकास बैंकद्धार विभिन्न ठाउँमा सहयोग « Arthapath.com
१५ असार २०७७, सोमबार

मुक्तिनाथ विकास बैंकद्धार विभिन्न ठाउँमा सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहंदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।

यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको श्री दुर्गादेवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।

साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।


प्रतिक्रिया दिनुहोस्