मन्त्रिपरिषदले कृषि अनुसन्धान परिषदमा ७ जनालाई नियुक्त,यस्ता छन २२ निर्णय (हेर्नुहोस् सम्पुर्ण विवरण) « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

मन्त्रिपरिषदले कृषि अनुसन्धान परिषदमा ७ जनालाई नियुक्त,यस्ता छन २२ निर्णय (हेर्नुहोस् सम्पुर्ण विवरण)



काठमाडौं । पागुन ५ गते बसेको मन्त्रीपरिषको निर्णहरु सार्वजनिक गरिएका छन । मन्त्रीपरिषद विभिन्न २२ निर्णयहरु गरेको छन । मन्त्रिपरिषद निर्णय अनुसार नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ ।

नियुक्ति पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा।युगनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले रहेका छन ।

त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा पनि ३ जनालाई नियुक्त गरेको छ । नियुक्ति पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन ।

मन्त्रिपरिषदले गरेका निर्णयहरुको नियमीत पत्रकार सम्मेलन गर्दै सरकारका प्रवत्ता तथा संचार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्