डिजिटल बैंकिङमा फड्को मार्दै कृषि विकास बैंक « Arthapath.com
३० चैत्र २०७६, आईतवार

डिजिटल बैंकिङमा फड्को मार्दै कृषि विकास बैंक



काठमाडौं । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण देश लक डाउनको अवस्थामा रहेको छ । आज लकडाउनको २० औं दिन पुगिसकेको छ । सर्वसाधारणको अत्यआवश्यक भित्र पर्ने बैंकिङ सेवा भने सिमित काउन्टरहरु संचालनमा रहेका छन ।

लकडाउनको अवधीमा आफ्ना ग्राहाकको सेवाकोलागी सिमित काउन्टरहरु खोलेरे सेवा दिइरहेको कृषि विकास बैंकले डिजिटल कारोवारमा पनि फड्को मारेको छ । देशको दुर दराजमा पुगेको कृषि विकास बैंक अर्धसरकारी बैंक हो ।

मुलुकको पुरानो र ग्रामिण इलाकामा सेवा दिइरहेको यस बैंक अन्य बेंकको तुलनामा परम्परागत र प्रविधिमैत्रि नभएको आरोप लाग्ने गरेको थियो । तर यस लक डाउनको अवधीभरको बैंकको डिजिटल कारोवारको अवस्थालाई हेर्ने हो भने कृषि बैंकले फड्को कारेको देखिन्छ ।

कृषि विकास बैंकका कर्मचारी र ग्राहाक प्रविधिमैत्रि छैनन भन्ने आम धारणालाई लकडाउनको अवधीमा यस बैंकले गरेको विद्युतिय कारोवारले ठिक विपरित सावित गरिदिएको छ । यस अवधीमा बैंकले करिव ५१ हजार ७ सय ३३ ग्राहाकले मोवाइल कारोवार गरेका छन । यो १९ दिनको कारोवारको डाटा हो । यो डाटा हेर्दा बैंकिङ क्षेत्रमै उल्लेख्य कारामेवार गर्नेमा कृषि विकास बैंक पुगेको छ ।

यो अवधीमा करिव ५५ करोडको मोवाइल बैंकिङबाट कारोवार गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए । यस अवधीमा एटिएमबाट १३ अजार ३ सय कारोवार भएको छ काउन्टर डिपोजिट १७ हजार भएको छ । त्यस्तै काउन्टरबाट पैसा निकाल्ने ग्राहाक भने १९ हजार पुगेका छन ।

कृषि विकास बैंकलाई आधुनिक सेवा दिन पछि परेको छैन भन्ने प्रमाण मोवाइ बैंकिङको कारोवारबाट पनि देख्न सकिन्छ । आहिले दैनिक १ सय ग्राहाक मोवाइल बैंकिङमा आवद्ध भैरहेको बैंकका सिईओ उपाध्यायले बताए ।

सरकारी कोषमा रकम दिने दोस्रो बैंक
कोरोना भाइरसका कारण मुलुक आक्रान्त भैरहेको अवस्थामा बैंकले आफ्नो सामाजीक उत्तरदायित्व अन्र्तगत सरकारलाई बैंकहरुमध्ये सबैभन्दा दोस्रो धेरै रकम दिएको छ ।
सरकारले सहयोग आह्वान गरेको भोलिपल्टै भिडियो कन्फरेन्स बोर्ड बसेर १ करोड ६० लाख सहयोग गर्ने घोषणा गर्ने कृषि विकास बैंक हो । कृषि बैंकले सरकारी खातामा पैसा जम्मा गर्नेमा पनि देस्रो नै भएको छ । उसले निजी क्षेत्रको सेवा प्रदायक संस्था एनसेल पछि दोस्रोमा सरकारी कोषमा पैसा जम्मा गरेको हो । अरुले घोषणा गरेर बसे हामीले तत्कालै कोषमा जम्मा गर्यौं सिईओ उपाध्यायले भने ।

पछिल्लो समय ग्राहाकको मन जित्दै आधुनिक र प्रविधिमैत्री सेवा दिँदै आएको कृषि विकास बैंकको नेतृत्वमा अनिल उपाध्याय आएपछि २ वर्षको साधारणसभा एकै वर्षमा हुन सफल भयो भने एनपिए पनि ५ प्रतिसतबाट घटेर ३ प्रतिसतमा झेरको छ । बैंकको २ आवमा लगानीकर्तालाई ५० प्रतिसतभन्दा बढी रिर्टन दिन सफल भएको छ ।

कृषि कर्जामा पनि फड्को
नेपाल राष्ट्र बैंकले तोकेको सहुलियतपुर्ण कृषि कर्जामा पनि कृषि किवास बैंक सबैभन्दा बढी प्रवाह गरेको छ । कृषि बैंकले सरकारले तोकेको सहुलियतपुर्ण कर्जा करिव ७ अर्व गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्