बुधबार एकैदिन १ सय २९ जनामा कोरोना संक्रमण, ८ सय ८६ पुग्यो « Arthapath.com
१४ जेष्ठ २०७७, बुधबार

बुधबार एकैदिन १ सय २९ जनामा कोरोना संक्रमण, ८ सय ८६ पुग्यो



काठमाडौं । बुधबार मात्रै कोरोना भाइरस संक्रमितको संख्य ११४ जना पुगेको छ । नयाँ संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो ।

बुधबारसम्म कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उक्त संक्रमण पुष्टि भएको हो । उनका अनुसार बुधबार झापा, हेटौडा, काठमाडौंलगायत विभिन्न क्षेत्रमा गरी उक्त संख्यामा नयाँ कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा १५ बर्षदेखि ६० बर्षसम्मका रहेको बताईएको छ । काठमाडौंमा आज एकैदिन ३७ जना नयाँ संक्रमित पुष्टी भएको हो ।


प्रतिक्रिया दिनुहोस्