कोरोनाको संक्रमित बढ्दो, बिहीबार थप १५६ जना थपिए, ललितपुरको बुङमतीमा एक जनको मृत्यु « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

कोरोनाको संक्रमित बढ्दो, बिहीबार थप १५६ जना थपिए, ललितपुरको बुङमतीमा एक जनको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो रहेको छ । स्वास्थ्इ मन्त्रालयका अनुसार विहिबार एकैदिन १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । यो संगैं संक्रमितको संख्या १०४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए ।

देशकमा ५१ जिल्लामा कोरोना फैलिसकेको छ । विभिन्न भागमा गरी १ सय ५६ जनामा कोरोनाको संक्रमण देखिएको हो । त्यसैगरी कोरोनाबाट मर्नेको संख्या पनि ५ पुगेको मन्त्रालयले जनाएको छ । विहिबार ललितपुरको बुङमतीका ५६ वर्षिय पुरुषको कोरोनाका कारण बुधबार राती किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्