पर्यटन क्षेत्र सुधारको लागी ५० अर्व बजेट, बैंकका सबै साखाले १० जनालाई सहुलियतपुर्ण कर्जा दिनुपर्ने « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

पर्यटन क्षेत्र सुधारको लागी ५० अर्व बजेट, बैंकका सबै साखाले १० जनालाई सहुलियतपुर्ण कर्जा दिनुपर्ने



काठमाडौं । कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्र सुधारको लागी सरकारले पर्यटन क्षेत्र सुधारका लागि ५० अर्ब रुपैयाँ छुट्याएको छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र निकै प्रभावित भएको छ ।
सरकारले पर्यटन क्षेत्र पुर्नउत्थानको लागी कोष मार्फत ५० अर्वको राहत दिने बताएको छ । आज संसदमा आर्थिक वर्ष २०७७÷७८ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा पर्यटन क्षेत्रमा विषेस ध्यान दिएको विताएका छन ।
देश लकठाउनको अवधीमा विषेगरी होटल व्यवसाय ठप्प हुँदा श्रमिकलाई पारश्रमिक दिन समस्या भएको र व्यवसाय संचालनका लागि नगद प्रबाहका लागि उक्त रकम उपलब्ध गराईएको खतिवडाले जानकारी दिए । साथै उक्त रकमलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिईने भएको छ ।
त्यस्तै सरकारले प्रत्येक बैंकका सबै साखाबाट कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले भने शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्