सीडीसी ग्रुपको नेपाल प्रतिनिधिमा रवि रायमाझी नियुक्त, आर्थिक वृद्धि विस्तार हुने « Arthapath.com
८ असार २०७७, सोमबार

सीडीसी ग्रुपको नेपाल प्रतिनिधिमा रवि रायमाझी नियुक्त, आर्थिक वृद्धि विस्तार हुने




काठमाडौं। अफ्रिकी र दक्षिण एशियाली मुलुकका व्यवसायहरुमा लगानी गर्दै आएको सीडीसी ग्रुपको नेपाल प्रतिनिधिमा रवि रायमाझी नियुक्त भएका छन ।

बेलायतको इम्प्याक्ट इन्भेष्टर सीडीसी ग्रुपले रवि रायमाझीलाई नेपालका लागि कन्ट्री रिप्रिजेन्टिभु नियुक्त गरेको हो ।

बेलायती सरकारको अन्तर्राष्ट्रिय विकास निकाय डिफिडबाट रायमाझी सीडीसी ग्रुपमा प्रवेश गरेका हुन हुन्।।

डिफिडमा उनले निजी क्षेत्र विकास सल्लाहकारका रूपमा वित्तीय र साना तथा मझौला व्यवसाय एसएमई क्षेत्रका परियोजनारुको चार वर्ष नेतृत्व गरीसकेका छन ।

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीबाट एमबीए गरेका उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट आफ्नो करियर शुरु गरेका थिए ।

डिफिडभन्दा अघि रायमाझीले लगानी बोर्ड नेपालको कार्यालयलाई पनि विदेशी लगानी प्रवद्र्धन र फोहोरमैला व्यवस्थापन, जलविद्युत र सिमेन्ट क्षेत्रका ठूला पूर्वाधार परियोजनाहरुका लागि एडभाइजरी सहयोग गराएका थिए ।

नोभल कोरोना भाएरस कोभिड–१९ महामारीका कारण नेपालीहरुको जनजीवन, प्रभावीत भएको र व्यवसायहरुमा पेशागत चुनौती रहेको बेला नजिी क्षेत्रलाई मजबुत बनाउन सीडीसीको भूमिका महत्वपूर्ण रहने छ ।

नेपाल प्रतिनिधिका रूपमा विकास प्रभाव दिगो बनाउने र आर्थिक वृद्धि विस्तार गर्ने यस संस्थाको मिशन हासिलमा सहायता गर्ने रायमाझीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्