करिब छ महिना पछि रसुवागढी नाका सञ्चालनमा आउदै « Arthapath.com
१२ असार २०७७, शुक्रबार

करिब छ महिना पछि रसुवागढी नाका सञ्चालनमा आउदै



काठमाडौं । कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण करिब छ महिना अघिदेखि बन्द रहेको रसुवागढी नाका अबको एक साता भित्र खुल्ने भएको छ ।


बुधबार रसुवागढी नाकामा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकलेसञ्चालनमा ल्याउने सहमति गरेको छ ।


नाका सञ्चालनमा भएपछि चिनियाँ पक्षले नै केरुङमा रहेको सामग्री मितेरी पुलसम्म ल्याइदिने छन ।
रसुवाका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद पन्तका अनुसार नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गर्नु पर्ने छ ।


विवरण उपलब्ध गराएपछि चिनियाँ पक्षले सामान ल्याउन सुरु गर्ने छन ।

नेपालले चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात गर्छ ।


त्यसैगरी चीनले नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री आयात गर्छ ।

नोभल कोरोनम भाइरस महामारीको कारण रसुवागढी नाका गएको माघ १५ गतेदेखि बन्द भएको थियो ।


प्रतिक्रिया दिनुहोस्