स्थायी कमिटि बैठक सञ्चालन जिम्मा प्रचण्डलाई, आफ्नो आलोचना हुनेभएपछि ओली गएनन् « Arthapath.com
१२ असार २०७७, शुक्रबार

स्थायी कमिटि बैठक सञ्चालन जिम्मा प्रचण्डलाई, आफ्नो आलोचना हुनेभएपछि ओली गएनन्



काठमाडौं । शुक्रवार बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थीत भएका छैन्न ।

उनले नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर आफु बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । यसअघि बुधवार बसेको बैठकमा भने ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुबैको उपस्थीत थिए ।

आजको बैठकमा सरकारको कामकारबाही, कोरोना महामारी नियन्त्रण तथा रोकथाम, भारतसँगको सीमा समस्या, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल गर्ने कार्यसूची यसअघि नै तय भएको थियो।

दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ । पार्टीमा अहिले उठेका राजनितीक विषयमाथी प्रश्न उठ्ने भएपछि ओलीले अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन ।


अहिले सरकारले नागरिकता विधेयक र एमसिसि पास गर्नुपर्ने छ । एमसिसिको विषयलाई लिएर पार्टीमा चर्को बहस चलिरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री जसरी पनि एमसिसि पास गराउनेपक्षमा रहेका छन भने पार्टीका अरु बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल पास गर्न हुन्न भन्ने पक्षमा देखिएका छन । ओली यिनै कारणले पार्टीमा तिव्र आलोचना हुने भएपछि प्रचण्डलाई खुसी बनाउने र आलोचना पनि सुन्न नपर्ने गरी बैठकमा भएका छैनन ।


प्रतिक्रिया दिनुहोस्