मंगलबार ७२.५ अंकले बढेर १२६० अंकमा पुग्यो सेयर बजार « Arthapath.com
१६ असार २०७७, मंगलवार

मंगलबार ७२.५ अंकले बढेर १२६० अंकमा पुग्यो सेयर बजार



काठमाडौं । लकडाउनपछि कारोवार सुरु भएको दोस्रो दिन ७२.५ अंकले सेयर बजार बढेको छ । मंगलबार कारोवारको सुरुमै ३ पटकसम्म सर्किट लागेर बजार बन्द भएको हो ।

११ बजेबाट सुरु भएको कारोवार २ घण्टापनि टिक्न सकेन र १ बजे बन्द भयो ।। आज अस्वभाविक रुपमा सेयर बजार बढेको थियो । अहिले बजारका अन्य फण्डामेन्टल बजार बढ्ने बेला रहेको सरोकारवालाहरुले बताएका छन ।

सेयर बजार अन्य लगानीको भरपर्दौ विकल्प नभएकाले बढेको बताउँछन एनआइसवएस एस क्यापिटलको डेपुटी सिईओ मेख थापा । आज कारोवारको सुरुदेखीनै उकालो लागेको थियो । बजारमा बेच्नेभन्दा पनि किन्नेको चाप बढी थियो ।

कारोबार पनि निरन्तर उकालो लागेर ६ प्रतिशत बढेपछि १ बजे बजार बन्द भयो । अहिले बजारमा कोरोनाबाहेक अन्य डर नभएकाले लगानीकर्तामा कन्फिडेन्स देखिएको बताउँछन ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट । सोमबार केही घटेको सेयर बजार मंगलबार भने ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा पुगेको छ ।

मंगलबार २२ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको सेयरमा केही बढेको छ ।


प्रतिक्रिया दिनुहोस्