अटो

सुजुकीको ल्यायो ३ लाखमै कार पाइने, मासिक १४ हजार किस्ता पर्ने


ashirbad prabhu bank

सुजुकीको ल्यायो ३ लाखमै कार पाइने, मासिक १४ हजार किस्ता पर्ने

काठमाडौं । सुजुकी कम्पनीको गाडी किन्न सोच बनाउनुभएको छ ? तिन लाख डाउनपेमेन्ट र मासिक १४ हजार किस्तामै तपाँईको कार चढ्ने सपना पुरा हुनेछ । सुजुकी मोटोकर्पले नयाँ स्कीम सार्वजनिक गर्दै फाईनान्स स्किम सार्वजनिक गरेको छ ।

सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होलिडंग्स्को सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार उक्त स्किम ल्याएको हो । कम्पनीको उक्त स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार ९ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्ने स्किम ल्याएको छ ।

उक्त योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार ९ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा ९ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ । फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू कम्पनीले जानकारी दिएको छ । फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ । कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको छ ।


Prabhu Money Trasnfer

garima development bank

    "सुजुकीको ल्यायो ३ लाखमै कार पाइने, मासिक १४ हजार किस्ता पर्ने" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार