मंसिरदेखी खाली रहेको सिडिएसमा सिईओ नियुक्ती प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन माग « Arthapath.com
१६ असार २०७७, मंगलवार

मंसिरदेखी खाली रहेको सिडिएसमा सिईओ नियुक्ती प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन माग



काठमाडौं । गत मंसिरदेखी सिईओ खाली रहेको सिडिएस एण्ड क्लियरिङ लिले सिईओ नियुक्ती प्रक्रिया अघि बढाएको छ । सिडिएसले आज सार्वजनिक सूचना निकाल्दै १५ दिनभित्र आवेदन दिन आवेदकलाई भनेको छ ।

सिडिएसको सिईओ रहेका देवप्रकाश गुप्ताले गत मंसिरमै छाडेपछि ७ महिनादेखी सिईओ खाली रहेको छ । सिडिएसको सिईओ बन्न ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको र अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा व्यवस्थापन वा वाणिज्य कानुन विषयमा कम्तिमा स्नातकोत्तर तथा चाटर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हाँसिल गरेको हुनुपर्ने उल्लेख छ । पूँजी बजार वा उद्योग, वाणिज्य, वित्त, लेखा, कानुन र व्यवस्थापन क्षेत्रमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हाँसिल गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्