५ सय रुपैंयाभन्दा बढी पर्ने के एन ९५ मास्क रिचार्जरमा १७५ रुपैंयामा « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

५ सय रुपैंयाभन्दा बढी पर्ने के एन ९५ मास्क रिचार्जरमा १७५ रुपैंयामा



काठमाडौं । मोबाइल एप रिचार्जरले विश्य बजारकोभन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ । रिचार्जले निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।

रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराउन लागिएको जनाएको छ । जेठ ८ गते बिहिबार मध्यान्ह १ बजेदेखि २४ घण्टाको अवधिमा रिचार्जरबाट मास्क, थर्मल गन, पञ्जा लगायतका सामानहरु सस्तोमा अर्डर गर्न सकिने छ । यसरी अर्डर भएका सामान १२ देखि ७२ घण्टा भित्रमा प्रयोगकर्ताको घरमा पुर्याइने छ ।

मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाका साथै रिचार्जरका प्रतिनिधिले बजार अवलोकन गरेका थिए । सो पश्चात रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो ।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा यस्तो योजना ल्याएको भन्दै धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने विश्वास व्यक्त गरे । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा मास्क खरिद गर्न सकिने उनले बताए । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए ।

‘यो मास्कको बजार मूल्य ५५० सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने ।

टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।

मोबाइल, ल्यापटप, क्यामेरा लगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ ।
नेपाली एप हामी नेपाली हरुकै लागी भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने अन्य सेवामा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्