बाँकेका २१ जना संक्रमित निको भएर घर फर्किए « Arthapath.com
९ जेष्ठ २०७७, शुक्रबार

बाँकेका २१ जना संक्रमित निको भएर घर फर्किए



काठमाडौं । नेपालमा थप २१ जनाले कोरोना जितेका छन् । नेपालगञ्जका २१ जनाले कोरोना भाईरसमुक्त भएर घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् । कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायत स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गरेका हुन् ।

अस्पतालको गेटमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिए ।


प्रतिक्रिया दिनुहोस्