सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरियो « Arthapath.com
१० जेष्ठ २०७७, शनिबार

सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरियो



काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका ३२ वर्षकी गङ्गा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गर्भवती कार्की घरमै बिरामी भएपछि एक हप्ताअघि खाँदबारी अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि जिल्ला अस्पताल खाँदबारीले विराटनगर पठाएको थियो । विराटनगरको नोबेल अस्पतालमा मृत्यु भइसकेको बच्चा निकालिएपछि कार्कीलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचार खर्च नभएपछि परिवारले घर फर्काएको उक्त सुत्केरीलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।


प्रतिक्रिया दिनुहोस्