कुन प्रदेशको पुँजीगत खर्च कति ? « Arthapath.com
१४ जेष्ठ २०७७, बुधबार

कुन प्रदेशको पुँजीगत खर्च कति ?



काठमाडौं । प्रदेश सरकारले पुँजीगत खर्च बढाउँदै लगेको छ । केन्द्र सरकारले भन्दा प्रदेश सरकारले तुलनात्मक रुपमा पुँजीगत खर्च बढाएको हो । प्रदेश सरकारको पुँजीगत खर्चमा उल्लेख्य सुधार गर्न सफल भएका छन । अर्थमन्त्रीले हिजो संसदमा प्रश्तुत गरेको आर्थिक सर्वेक्षणमा प्रदेश सरकारको खर्चमा उल्लेख्य सुधार आएको बताएका छन ।

प्रदेश सरकारको चालु आवको फागुन मसान्तसम्ममा कुल खर्चमध्ये चालु खर्चमा ४६.५ र पुँजीगत खर्चमा ५३.५ रहेको छ । फागुन मसान्तसम्ममा सबैभन्दा बढी प्रदेश ५ ले ३१.७ र सबैभन्दा कम प्रदेश २ मा ९.७ प्रतिशत रहेको छ । यस अवधिको कुल खर्चमा प्रदेश १ को खर्चभार उच्च रहेको छ । प्रदेश २ को खर्चभार सबैभन्दा न्यून रहेको छ ।

गत आवमा प्रदेश सरकारकोृ खर्चमध्ये पुँजीगत खर्च ४३ प्रतिशत रहेकोमा चालु आवमा ५४.८ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु आव २०७५÷०७६ मा केन्द्र सरकारबाट प्रदेश सरकारलाई १ खर्ब ५८ अर्ब ९८ करोड वित्तीय स्रोत हस्तान्तरण भएकोमा १ खर्ब १२ अर्ब ९ करोड अर्थात ७० प्रतिशत बजेट खर्च भएको छ ।

२. प्रदेश २ मा ९.७ प्रतिशत
३. बाग्मती प्रदेशको ४६.३ प्रतिशत
४. गण्डकी प्रदेशको ६२.६ प्रतिशत
५. प्रदेश ५ ले ३१.७ प्रतिशत


प्रतिक्रिया दिनुहोस्