कर्पोरेट

बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी


ashirbad prabhu bank

बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आईरहेको छ ।

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ । साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

निधन पश्चात् स्व.सुनारका पिता ठुलोकान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलज्यूले उक्त बीमा दाबी रकम सात लाखको हस्तान्तरण गर्नुभयो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


Prabhu Money Trasnfer

garima development bank

    "बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार