अजोड इन्स्योरेन्स र साधाना लघुवित्तलाई आईपिओ निष्कासन अनुमती « Arthapath.com
९ असार २०७७, मंगलवार

अजोड इन्स्योरेन्स र साधाना लघुवित्तलाई आईपिओ निष्कासन अनुमती



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति पाएका छन । बोर्डले अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । अजोड इन्स्योरेन्स लाई ३० करोड र साधना लघुवित्तलाई ७ करोड ७ लाख ८० हजार रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।

अजोड इन्स्योरेन्सले १०० अंकित दरका ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । अजोडको आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । यसको प्रत्याभूतकर्ता ग्लोबल आईएमई क्यापिटल तथा कुमारी क्यापिटल रहेका छन ।

यसैगरी साधना लघुवित्तले रु १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । संस्थाले चुक्तापुँजीको ३२.५ प्रतिशतबराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओ बिक्रीपछि हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद पनि जारी गर्ने तयारीमा संस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्