मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता « Arthapath.com
९ असार २०७७, मंगलवार

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार ४९९ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार ४८३ र काजक्रिया खर्च बापतको रकम ५ हजार समेत गरी जम्मा २ लाख ८ हजार ४८३ (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्