आइतबार तोलामै ७ सयले बढ्यो सुन, अझै कति पुग्ला ? « Arthapath.com
१४ असार २०७७, आईतवार

आइतबार तोलामै ७ सयले बढ्यो सुन, अझै कति पुग्ला ?



काठमाडौं । आइतबरा सुन तोलामै ७ सयले बढेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य ७ सयले बढेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

सुन उकालो लाग्ने क्रम रोकिएको छैन । शुक्रबार केही घटेको सुनको मुल्य आइतबार एक्कासी ७ सयले बढेको हो । उता तेजाबी सुन पनि आइतबार प्रतितोला ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुनको ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो भने तेजाबी सुनको ९० हजार १६० रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदी पनि तोलामा ५ रुयौयाँले बढेको छ । चाँदी प्रतितोला ९ सय ४० बाट ९ सय ४५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्