मेरोमाइक्रोफाइनान्स लघुवित्तलाई अशेस्वर महासेठले दिए एक महिनाको घरभाडामा छुट « Arthapath.com
१६ असार २०७७, मंगलवार

मेरोमाइक्रोफाइनान्स लघुवित्तलाई अशेस्वर महासेठले दिए एक महिनाको घरभाडामा छुट



काठमाडौं । कोरोना भाइरसको महामारीसंगै गरिएको लकडाउनका कारण आर्थिक तथा ब्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अशेस्वर महासेठले घरभाडामा सहुलियत दिएका छन् । संकटको घडीमा लघुवित्त वित्तीय संस्थालाई घरभाडा छुट दिएर धनुषाका महासेठ हजारौ घरबेटीका निम्ति उदाहरण बनेका छन् ।

ब्यवसाय ओरालो लागेको अवस्थालाई नेपाल सरकारले घरबेटीहरुलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अवस्था नहुदा पनि छुट दिइरहेका छैनन् । तर जनकपुर उपमहानगरपालिका २१ कुर्था धनुषामा रहेको मेरोमाइक्रोफाइनान्सको कुर्था शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी महासेठले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालयका प्रमुख इन्द्रजित कुमार यादबले जानकारी दिए ।

‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसायी हतोत्साही बनिरहेकोले अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको’ महासेठले बताए । त्यस्तै, तिन महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर कोरोना भाइरससंगै लड्दै र संकटको बेला एक अर्कालाई साथ दिनुपर्ने बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र लालगढ अनुगमन कार्यालय धनुषा अन्र्तगत ४ जिल्लामा ९ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्