सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा « Arthapath.com
१६ असार २०७७, मंगलवार

सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज मिति २०७७ साल असार १५ गते बाट सलकपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा संचालनमा ल्याएको हो ।नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उत्त शाखा विस्तार गरेको हो ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोगगर्दै बैंकललकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्