राष्ट्रिय वाणिज्य बैंकले पायो केयर रेटिङ्गसमा ए प्लस « Arthapath.com
१६ असार २०७७, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले पायो केयर रेटिङ्गसमा ए प्लस



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी ५ अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्