नेपाल प्रहरीमा ३८ सय ३१ लाई जागिर खुल्यो « Arthapath.com
१३ भाद्र २०७६, शुक्रबार

नेपाल प्रहरीमा ३८ सय ३१ लाई जागिर खुल्यो



काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको विभिन्न पदमा ३८३१ जनाका लागि जागिर खुलाएको छ । कार्यालयले प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगीका लागि भर्ना खुलाएको हो ।

विज्ञापनमा उल्लेख भए अनुसार प्रहरी जवान (जनपद)का लागि खुलामा १९३८ जना अमर÷असक्त प्रहरी परिवारका लागि ७२, आदिवासी जनजाती ५०७, मधेसी ४४४ महिला ३१७ दलित २३८ पिछडिएको क्षेत्रका लागि ८० गरी जम्मा ३५९६ जना पदका लागि नयाँ भर्ना खुलाएको हो ।

साथै, प्रहरी कार्यालय सहयोगी (भान्छे)का लागि खुलामा ९७, अमररअसक्त प्रहरी परिवारका लागि ४, आदिवासी जनजातिका लागि २५, मधेसी २२, महिला १५, दलित १२, पिछडिएका क्षेत्रका लागि ४ गरी १८० जना माग गरेको छ ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी हजामका लागि १० जना, कुचिकारका लागि २० जना र खेलाडी २५ जना माग गरेको छ


प्रतिक्रिया दिनुहोस्