पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाइने « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाइने



काठमाडौं । सरकारले पञ्चेश्वर आयोजना निर्माण अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारका नीति तथा कार्यक्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाइने उल्लेख छ । वि सं २०५२ माघ २९ गते नेपाल र भारतबीच सन्धी भएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने सहमति भएपनि अहिलेसम्म सो आयोजनाको काम खासै अघि बढ्न सकेको छैन । सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिइ आयोजना विकास कार्य अघि बढाउने सरकारले जनाएको छ । आयोजना निर्माण गरिएमा पञ्चेश्वरबाट ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुने छ ।


प्रतिक्रिया दिनुहोस्