रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा ३ करोड ४८ लाख कमायो « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा ३ करोड ४८ लाख कमायो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा १२८.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीका अनुसार चालु आवको तेस्रो त्रैमासमा ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक बर्षको सोही अवधिभन्दा ३ करोड ४८ लाख रुपैयाँ बढी हो । गत आवमा २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको चैत मसान्तसम्म कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आवमा भने ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ३९ करोड ४ लाख रुपैयाँ बढी हो ।

त्यस्तै, कम्पनीले १ करोड ६७ लाख रुपैयाँ बराबरको कुल दाबी वापत भुक्तानी गरेको छ भने १० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख र महाविपत्ति कोषमा एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्