जनरल इन्स्योन्सको गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

जनरल इन्स्योन्सको गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार रू.४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको बैंकले जनाएको छ ।

गत वर्ष रु २० करोड ५० लाख मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष यस अवधिसम्म १९ हजार ७ सय ६८ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष सोेहि अवधिसम्म ४० हजार ६ सय ५७ बीमालेख जारी गरेको हो । गत वर्ष १४० जनालाई रू. ७८ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९ सय ४४ जनालाई रू. ८ करोड ९३ लाख दाबी भुक्तानी गरेको छ ।

यस वर्ष रू. ३ करोड ७ लाखमात्र खुद नाफा गरेको छ । यस वर्ष आम्दानी ४१ दशमलव ६६ प्रतिशत बढी रू. ५ करोड ९५ लाख भएको कम्पनीले खर्च ५२ दशमलव ३८ प्रतिशत बढी रू. २ करोड ८८ लाख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ ।

जगेडा कोष रकम गत वर्षभन्दा ९० प्रतिशत बढी रू। ३ करोड ७६ लाख र बीमा कोष रकम ८७ प्रतिशत बढी रू. ४ करोड ११ लाख कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ छ ।


प्रतिक्रिया दिनुहोस्