कोरोना बीमा नगर्न बीमा समितिको निर्देशन « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

कोरोना बीमा नगर्न बीमा समितिको निर्देशन



काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुलाई कोरोना बीमा नगर्न बीमा समितिले निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज निर्देशन जारी गर्दै अब उप्रान्त निर्जीवन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संघसंस्थाले कोरोना बीमासँग जोडेर विज्ञापन नगर्न सुझाएका हुन् ।

समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा गर्ने गरी स्वीकृति गरिएको कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क बीमा गरिदिने भन्ने सूचना प्राप्त भएपछि गम्भीर ध्यानाकर्षण भएको निर्देशनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्