बागमती गाउँपालिका– कृषि क्षेत्रमा रोजगारमुखी बजेट निर्माणको तयारी « Arthapath.com
९ असार २०७७, मंगलवार

बागमती गाउँपालिका– कृषि क्षेत्रमा रोजगारमुखी बजेट निर्माणको तयारी



मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको जनाएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरबाट भएको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष सर्केश घलानले बिशेष रुपमा कृषि र पशुपालनमा आत्म निर्भर हुने बजेट निर्माणको तयारी हरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजक्त्वमा गाउँपालिकाको समग्र योजना, विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा भएगरेका कामका विषयमा भउको अनुगमनका क्रममा गाउँपालिकाले कृषिमा बिशेष जोड दिने बताउनुभयो । उहाँले आगामी वर्ष भौतिक पुर्वाधार निर्माणलाई दोस्रो प्राथमिक्तामा राखेर विदेशबाट फर्किएकाहरुलाई गाउँमै रोजगारी सृजन ागर्न सक्ने खालका योजना निर्माण गर्ने बताउनुभयो ।

सो क्रममा जिसस मकवानपुरका प्रमुख खुलालले बागमती गाउँपालिका आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो । रोजगारीको समस्या समाधान हुने किसिमको बजेट निति कार्यक्रम तथा बजेट निर्माणमा जोड दिन आग्ह गर्नुभयो । यसका साथै प्रमुख खुलालले सामाजिक क्षेत्रमा बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्रीलगायतका क्षेत्रमा ध्यान दिदै स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा समेत ध्यान दिन सुझाव दिनुभयो ।

त्यस्तै उहाँले सहयोगापेक्षि सडक मानव मुक्त व्यवस्थापन, स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबललगायतका क्षेत्रमा बजेटको व्यवस्था गर्न तथा गाउँपालिकाको राजस्व् बृद्धिका लागि ढ्ंगा गिट्टी बालुवाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्जजन, नायवशुब्बा उपेन्द्रनाथ पोखरेललागयतको सहभागिता थियो । सो क्रममा गाउँपालिकाबाट भएका कामका बारेमा शाखागत रुपमा भएका कामका बारेमा जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्