बुधबार सेयर बजार सवा घण्टामै बन्द, ४० करोडमाथीको कारोवार « Arthapath.com
१७ असार २०७७, बुधबार

बुधबार सेयर बजार सवा घण्टामै बन्द, ४० करोडमाथीको कारोवार



काठमाडौं । मंगलबार झै बुधबार पनि सेयर बजार खसलेको करिव सवा घण्टामै बन्द भयो । आज पनि बजार ६ प्रतिशतभन्दा माथि पुगेपछि सर्किट लागेर बजार बन्द भएको छ ।

सेयर बजार मंगलबार र बुधबार किन्नेको चाप बढी रहेको ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बताए । आज सेयर बजार खुलेको १ घण्टा २३ मिनेटमा बन्द भएको छ । आज नेप्से ७५.७७ अंकले बढ्दा बजार १३३६.५३ पुगेको छ ।

बुधबार बजार खुलेको पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढ्यो त्यस्तै ४० मिनेटपछि खुलेको बजारमा पनि चाप बढेर ६ प्रतिशतले बढे पछि बुधबारको लागि सेयर कारोबार बन्द भएको हो ।

आज सवा घण्टामै ४० करोड ७३ लाख भन्दा बढीको सेयर किनवेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्