बैंकबाट कर्जा लिनुभएको छ ? असारभित्रै व्याज तिर्नुपर्ने « Arthapath.com
१८ असार २०७७, बिहीबार

बैंकबाट कर्जा लिनुभएको छ ? असारभित्रै व्याज तिर्नुपर्ने



काठमाडौं । के तपाईँले बैंकबाट कर्जा लिनुभएको छ ? यदी छ भने असारमसान्तभित्रै कर्जाको व्याज भने भुत्तान गर्नुपर्नेछ । सरकारले लकडाउन अवधीमा कर्जाको व्याज नतिरेपनि हर्जान लिन नपाइने व्यवस्था गरेको थियो । बर्जाको मासिक किस्ता साँवा भने पछि तिर्न पाइने भएपनि व्याजभने असारमसान्त भित्रै तिर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

सरकारले कोरोना भाइरसका कारण समस्यामा परेका व्यावसायीहरुलाई केही राहातस्वरुप यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट कर्जा लिनेले व्याज तिर्न पर्ने तर साँवामा भने केही समय थप बताएका छन ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कारोनाले नेपालमा पनि व्यावसायीहरु प्रभावित भएका छन । सरकारले चैत्र ११ गतेदेखी लगाएको लकडाउनका कारण सबै किसिमका व्यावसायी बन्द रहेका थिए । अहिले आंसिकरुपमा केही व्यावसाय चलेपवनि लकडाउन भने पुर्ण रुपमा खुल्ला गरिसकेको छैन ।

सरकारले आउँदो मौद्रिक नितीमार्फत पनि व्यावसायीहरुलाई राहात प्याकजमा समेट्ने तयारी गरेको छ । असार मसान्तसम्म साँवा बुझाउन नसक्ने व्यावसायीलाई बैंकले खराव कर्जाको सूचिमा राख्न नपाउने व्यावस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्