उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ « Arthapath.com
१० जेष्ठ २०७७, शनिबार

उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ



काठमाडौँ । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् । वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो ।

बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटी परीक्षणका क्रममा १२ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०ः०० बजेदेखि सिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टाइनमा राखिएको छ । पिसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई यही राखिने छ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गरिरहको छ ।


प्रतिक्रिया दिनुहोस्