सानिमा बैंकले पहिलोपटक ल्यायो अपांगतामैत्री यस्तो वेबसाइट, कसरी प्रयोग गर्न सकिन्छ ? « Arthapath.com
८ असार २०७७, सोमबार

सानिमा बैंकले पहिलोपटक ल्यायो अपांगतामैत्री यस्तो वेबसाइट, कसरी प्रयोग गर्न सकिन्छ ?



काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमानै पहिलोपटक अपांगता मैत्री वेबसाइटको संचालनमा ल्याएको छ ।

बैंकका अनुसार यो वेबसाइट राम्रोसँग देख्न नसक्ने र श्रवणशक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न कठिन हुने व्यक्तिलाई उपयोग गर्न सजिलो हुने छ ।

अपांगता भएका व्यक्तिहरुलाई पनि यो वेबसाइटको प्रयोगले सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने सक्ने बताइएको छ ।

यो सुविधा प्रयोग गर्नकालागि बैंकको वेबसाइट https://www.sanimabank.com/ मा गएर दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा सुविधा अनुसारको अप्सन बटनमा क्लिक गरी प्रयोग गर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस्