सेयर बजारमा मंगलबार ६ प्रतिसत बढेर सर्किट लागेर बन्द भयो, यस्तो छ बजार बढ्नुको कारण « Arthapath.com
१६ असार २०७७, मंगलवार

सेयर बजारमा मंगलबार ६ प्रतिसत बढेर सर्किट लागेर बन्द भयो, यस्तो छ बजार बढ्नुको कारण



काठमाडौं । सोमबारदेखी खुलेको सेयर बजारमा मंगलबार पनि सर्किट लागेर बजार बन्द हुँदै खुल्ने क्रम जारी थियो । तर बजार १ नबज्दै बन्द भयो । एकैपटक ४, ५ र ६ प्रतिसतले बजार बढेर बन्द भएको छ । सोमबारको तुलनामा लगानीकर्तामा बढी आत्माविश्वास बढेकाले एकैपटक ३ सर्किट लागेर बजार बन्द भएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।

सेयर बजार मंगलबार कारोवारको सुरुमै उच्च गतिले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ । मंगलबार बजार खुलेको सवा घण्टामै बजार ५ प्रतिशतले बढ्यो । त्यसपछि सर्किट लाग्ने क्रम जारी रहेर ६ प्रतिसतमा पुगेर बजार बन्द भयो ।

नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५.०४ प्रतिशत अर्थात ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ । यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार ५ र ६ प्रतिसतले बढेपछि बजारमा सेयर खरिदको चाप बजारनै बन्द भयो अध्यक्ष रानाभाटले भने ।

किन बढ्यो बजार ?
अहिले बजारमा उच्च तरलता रहेकाले लगानीकर्ताले लगानी गर्ने ठाउँ भनेकै सेयर बजार रह्यो । कोरोनाका कारण अन्य लगानीको क्षेत्र नभएकाले पनि सेयर बजारमा चाप बढेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन । बजारमा पैसा नै धेरै भयो त्यसमा पनि लकडाउनको अवधीमा खुलेको बजार केही घटेको थियो । ‘अहिले लगानीकर्तामा आत्माविश्वास बढेको देखिन्छ रानाभाटले भने ।’

बजारमा बैंक वित्तिय संस्थाको सेयर बढीरहेका छन । यही साउन १ गतेदेखी स्टक डिलरको रुपमा नागरिक लगानी कोष बजारमा पस्न लागेकाले पनि बजारमा केही विश्वास बढेको देखिन्छ । अव बजार बढ्ने ट्रेनमा रहेको रानाभाट बताउँछन । अहिले बजारमा कारोना बाहेक नेगेटिभ पक्ष नरहेकाले पनि बढ्दो क्रममा रहेको उनि बताउँछन ।


प्रतिक्रिया दिनुहोस्