उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस « Arthapath.com
२० असार २०७७, शनिबार

उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस



काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस देखिएको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस भेटीएको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स सिएमडिएननेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोभिड १९ को भाइरस भएको जनाएको छ ।

उक्त अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

अध्ययनले उपत्यकामा समुदायमा कोरोना भाइरसको संक्रमण भित्रभित्रै फैलिएको देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्