शनिवार २३२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १५ हजार ४९१ पुग्यो « Arthapath.com
२० असार २०७७, शनिबार

शनिवार २३२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १५ हजार ४९१ पुग्यो



काठमाडौं । शनिवार पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।


देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


शनिबार दुई सय ७१ जनासँगै आजसम्म ६ हजार चार सय १५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन ।


त्यस्तै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्