खेतानका खेताला घिमिरेलाई निगमको जिम्मा, लक्ष्मी बैंकमा अवैध अध्यक्ष « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

खेतानका खेताला घिमिरेलाई निगमको जिम्मा, लक्ष्मी बैंकमा अवैध अध्यक्ष



काठमाडौं । सरकाले गत सोमबार नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । एक कर्पोरेट हाउसको इसारामा चल्ने पुर्व पर्यटन सचिव घिमिरेलाई सरकारले सबैभन्दा ठुलोमध्ये पर्ने नेपाल बायु सेवा नियम जिम्मा लगाएको छ ।

घिमिले अहिलेपनि लक्ष्मी बैंकको अध्यक्ष रहेका छन । लक्ष्मी बैंक खेतान समुहको लगानीमा खुलेको बैंक हो । लक्ष्मी बैंकको अध्यक्ष रहेका घिमिरेलाई सरकारले नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाएको छ । सरकारले बायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाएपनि घिमिरेले हालसम्म बैंकको अध्यक्षबाट राजिनामा दिएका छैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने अध्यक्षको राजिनामा दिनुभएको छैन ।

उता नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख देवकुमार ढकालले घिमिरेले सरकारले अर्को कार्यकारी निकायमा नियुक्ती गरेकाले राजिनामा दिनुपर्ने बताए । एउटा कर्पोरेट हाउसको इसारामा चल्ने घिमिरेलाई सरकारले बायुसेवा निगमजस्तो महत्वपुर्ण संस्थाको जिम्मा लगाउनुले उनले यसअघि गरेका भ्रष्टचारलाई छोप्नु हो ।

घिमिरेलाई नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज खरीद काण्डमा मुछिएका व्यक्ति हुन । उनि पर्यटन सचिव हुँदा एयरबस कम्पनीले दिएको झण्डै पाँच करोड कमिशन लिएको आरोप लाग्दै आएको छ ।

सरकारले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्न पर्यटन मन्त्रालयमा पठाएको छ । तर उनले कार्यभार सम्हालेका छैनन् ।

नेपाल बायुसेवा निगमले गरिद गरेका दुई वटा न्यारोबडी ए ३२० जहाज किन्ने बेलामा घिमिरेले कमिसन खाएको आरोप लाग्ने गरेको छ । निगमको महाप्रवन्धक मदन खरेल भएका वखत घिमिरेले कमिसन खाएको बताइएको छ । निगमले दुईवटा न्यारोबडी एयरबस विमान खरिदमा एयरबस कम्पनीले तीन लाख ४० हजार युरो चार करोड ५० लाख रुपियाँ कमिसन पठाएको थियो ।
संस्कृती पर्यटन तथा नागरिक उड्यायनमन्त्री योगेश भट्टराईले घिमिरेलाई चार बर्षका लागि कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव लगेका थिए । सन २०१५ मा न्यारोबडी खरिद गर्दा निगम संचालक समितिको अध्यक्षमा घिमिरे थिए । सरकारले छानविन गरी कारवार्ही गर्नुको साटो कमिसनको चक्करमा घिमिरेलाई निगम जिम्मा गलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्