संविधान संसोधन र बजेटको परामर्ष लिन प्रधानमन्त्रीले साँझ ५ बजे बोलाए सर्वदलिय बैठक « Arthapath.com
१३ जेष्ठ २०७७, मंगलवार

संविधान संसोधन र बजेटको परामर्ष लिन प्रधानमन्त्रीले साँझ ५ बजे बोलाए सर्वदलिय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सर्वैदलिय बैंठक बनाएका छन । राष्ट्रियतामा नै धक्का पुग्नेगरी भारतले सिमा मिचेको र कोभिडका कारण कस्तो बजेट ल्याउने भन्ने सल्लाह गर्न प्रम ओलीले सर्वदलिय बेंठक आह्वान गर्नुभएको हो ।

कोरोना भाइरसबाट विश्व अर्थतान्त्रनै समस्यामा परेका बेला कस्तो बजेट ल्याउदाँ ठिक हुन्छ भन्ने सबै दलको राय लिन प्रधानमन्त्रीले खोज्नुभएको हो । बैठकमा सिर्ष दलका सिबै मुख्य नेताहरु सहभागी हुनेछन । नेपालको नयाँ नक्सा हालै जारी भएको र सोको लागी संविधान संसोधन गर्नुपर्ने भएकाले सर्वदलिय बेंठक बोलाइएको बालुवटार स्रोतले बताएको छ ।

साँझ ५ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेताहरुलाई बोलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्