छहरे टोखा सुरुङ मार्गको लागी छ अर्व, नागढुङ्गा सुरुङ द्रुत गतिमा बन्ने « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

छहरे टोखा सुरुङ मार्गको लागी छ अर्व, नागढुङ्गा सुरुङ द्रुत गतिमा बन्ने



काठमाडौं । सरकारले छहरे टोर्खा सुरुङ मार्ग निर्माणको लागी ६ अर्व ४२ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले छिमेकी चिनसँग सिधा काठमाडौं जोड्ने द्रुत मार्ग छहरे टोखा त्रिशुली सडक खण्डमा सुरुङ मार्फ जोड्न जोड दिएका छन । मन्त्री खतिवडाले छहरे टोखा सुरुङ निर्माणको लागी ६ अर्व ४२ करोड बजेट विनियोजन गरेको बताएका छन ।

त्यस्तै यसै आवमा प्रधानमन्त्रीले सिलान्यास गरी निर्माण प्ररम्भ भएको नागढुङ्गा थानकोट सुरुङ निर्माण पनि तदारुकताका साथ अघि बढाइने मन्त्री खतिवडाले बताएका छन । त्यस्तै गल्छी–त्रिशुली–रसुवागडी सडक सुधार तिब्र रुपमा अगाडी बढाइने बजेटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्