ढुक्क हुनुस् मुलुक बिग्रिंदैन, बन्छ : प्रधानमन्त्री ओली « Arthapath.com
१ असार २०७७, सोमबार

ढुक्क हुनुस् मुलुक बिग्रिंदैन, बन्छ : प्रधानमन्त्री ओली




काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको पनि बताएका छन् ।

सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले केही अवसर पनी सिर्जना भएको बताएका छन्। आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले प्रत्यक्ष अध्ययन सुरु गर्न नसकिए पनि प्रविधि अब घर आँगनमा पुगेकाले यसलाई अवसरको रूपमा प्रयोग गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ किआमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोश वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि र कतिपय जिज्ञासु युवाहरूको प्रश्न आफूले सुनेको बताए ।

उनले अघि भनेका छन्, ‘म एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ । मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईंका अभिभावकहरूको भनाइ झूटा सावित हुँदैन ।’

प्रधानमन्त्री ओलीले, ‘अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ ।आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ भनेका छन ।

कोरोना भाइरस सङ्क्रमण रहेकाले स्वछन्द होइन सतर्क भएर चल्न पनी उनले सबै नेपालीलाई आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्