कुन महानगरको बजेट कस्तो ? काठमाडौं महानगर १६ अर्ब ४२ करोड बजेट « Arthapath.com
१० असार २०७७, बुधबार

कुन महानगरको बजेट कस्तो ? काठमाडौं महानगर १६ अर्ब ४२ करोड बजेट



काठमाडौं । देशका ६ ठुला महानगरपालिकाले आज बजेट सार्वजनिक गरेका छन । काठमाडौं महानगरसहित देशभरका स्थानिय तहले आज बजेट प्रश्तुत गर्दैछन । संघिय राजधानीसमेत रहेको काठमाडौं महानगरको बजेट सबैभन्दा धेरै रहेको छ ।

आज देशभर महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले बजेट प्रश्तुत गरेका छन । त्यसमध्ये केहीमा विवाद भएको छ भने कहि स्थानिय तहमा सर्वसम्मतीले बजेट प्रश्तुत भैरहेका छन । हामीले देशका ६ ओटा महानगरपालिका मध्ये

काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट आज नगरसभामा प्रश्तुत गरेको छ । बुधबार काठमाण्डौं महानगरको प्रस्तुत गरेको बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी गर्ने लक्ष्यसहित बाह्य स्रोत र निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४ हजार ७९० रुपैयाँ बजेट प्रश्तुत गरिएको छ ।

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । गत वर्ष ४ अर्ब ५१ करोड २८ लाख बजेट रहेकोमा पोखराको बुधबार कुल ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । यो बजेट गतवर्षको तुलनमा केही घटेको हो ।

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । देश लकडाउनको अवस्थामा आएको ललितपुरको बजेट अन्यको तुलनामा केही राम्रो देखिएको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वजनिक गर्दै लकडाउनको अवधीमा करमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

विराटनगर महानगरपलिका
विराटनगर महानगरपलिकाले आगामी आर्थिक वर्षका लागि २०७७÷०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको नगरसभाले बजेट सार्बजनिक गरेको हो । आव ०७६÷७७ को लागी विराटनगर महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्