उपत्यकामा ९ जनामा कोरोना संक्रमित सहित ११ हजार नाघ्यो (कुन जिल्लामा कती संक्रमित) « Arthapath.com
११ असार २०७७, बिहीबार

उपत्यकामा ९ जनामा कोरोना संक्रमित सहित ११ हजार नाघ्यो (कुन जिल्लामा कती संक्रमित)



काठमाडौं । कोरोना भाइरसको संक्रमणदर बढ्दो छ । काठमाडौं उपत्यकामै बिहिबार ९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौं ललितपुर र भक्तपुरमा गरी नौजनामा कोरोना देखिएको हो ।

बिहिबार काठमाडौंमा ४ जना भक्तपुरमा ४ जना र ललितपुरमा १ जनाका कोरोना देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विहिबार थप ४ सय ३४ जनामा कोरोना भाइरस देखिएको हो । जम्मा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ जनामा कोरोना देखिएको हो ।

कुन जिल्लामा कति हेर्नुहोस

कञ्चनपुरमा ६० जना, रौतहटमा ३८, दैलेखमा १९ सुर्खेत र आछाममा १३/१३ जना, पाल्पामा १ सय २२ जना, डडेलधुरामा १२, तनहुँ र धनुसामा ९÷९ जना, प्युठान रुपन्देहीमा ७/७ जना, महोतरी, सर्लाही र नवलपरासीमा ५/५ जना, बाजुरा र सप्तरीका ८/८ जना, सुनसरी म्यग्दी र बर्दियामा ६/६, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ जना, बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्